माओवादी उम्मेदवारको घरमा बम विस्फोट
कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट प्रमुख पदका प्रत्याशी गोकर्ण भट्टको निवासमा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ ।
अत्तरिया बजारमा रहेको भट्टको घर परिसरमा राति पौने ३ बजेको समयमा भएको विस्फोटबाट घरको झ्यालका सिसा फुटेको र ढोकामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
विस्फोटन गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । भट्ट नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता एवम् ७ नं प्रदेश प्रमुख लेखराज भट्टका भाइ हुन्।
रासस