पत्रकार महासंघको महाधिवेशन भदौमा हुने
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन ४ र ५ भदौमा काठमाडौंमा हुने भएको छ ।
महासंघको आज बसेको बैठकले यसअघि २२ र २३ असारका लागि तोकिएको महाधिवेशन सारेर भदौमा गर्ने निर्णय गरेको हो ।
१४ असारमा हुने स्थानीय तहको निर्वाचनको कारण महाधिवेशन सारिएको महासंघले जनाएको छ ।