मोरङः कांग्रेस उम्मेदवारको निधन
पूर्वी मोरङको लेटाङ नगरपालिकामा नेपाली कांग्रेसबाट वडा सदस्यका उम्मेदवारको आज निधन भएको छ ।
लेटाङ– ६ बाट वडा सदस्य पदका उम्मेदवार ५७ वर्षीय मातृका भण्डारीको आज बिहान हृदयघातका कारण निधन भएको हो ।
मुटुको समस्याको उपचार गराइरहेका उनी उपचारका लागि दमक जाँदै गर्दा अचानक निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
-गोपाल गडतौला