सरकार चुनावबाट तर्सिएको छः नेम्बाङ
नेकपा एमाले संसदीय दलका उप नेता सुवाषचन्द्र नेम्बाङले सरकार अझै पनि चुनाबबाट भाग्न खोजिरहेको आरोप लगाएका छन् ।
चुनाबी दौडाहाका क्रममा आज पा“चथर सदरमुकाम फिदिम आइपुगेका नेम्बाङले पहिलो चरणको चुनावमा एमाले पहिलो बनेसँगै सत्तारुढ दलहरु चुनावबाट तर्सिएको दाबी गरेका हुन् ।
एमाले देशभर एकै चरणमा चुनाब गराउने पक्षमा रहँदा रहँदै सरकारले जवरजस्ती ३१ बैशाखबाट मिति सार्दै २ असोजसम्म पुर्याएको उनले बताए ।
उनले बहुसंख्यक नागरिक संविधानको समर्थनमा रहँदारहँदै केही आदिवासी र मधेशी नेताले माग गर्दैमा संविधान संसोधन नहुने बताएका थिए ।
दोस्रो र तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा पनि अधिकांश स्थानमा एमालेकै विजय हुने उनको दाबी छ ।
लक्ष्मी गौतम, पाँचथर