बाँके: १२ देखि १४ असार साँझसम्म सीमा बन्द हुने
दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखी नेपालगञ्ज–रुपैडिहा सीमानाका १२ असार देखि बन्द हुने भएको छ ।
१२ असार बिहान ७ बजेदेखि १४ असार साँझ मतदान सम्पन्न नहुँदासम्मका लागि यसक्षेत्रका सीमा नाकामा सबै किसिमको आवातजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
सीमा बन्दका बेला नेपाल–भारतमा आवातजावत गर्ने सबै सवारीसाधनहरुका साथै पैदल यात्रामा समेत रोक लगाइएको छ ।
निर्वाचन सुरक्षाका लागि दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा आवातजावत गर्ने नागरिकको जाँचमा कडार्ई, आपराधिक गतिविधि हुनसक्ने सम्वेदनशील क्षेत्रमा कडा निगरानी बढाएको छ ।
केशव राना,बाँके