विवेकशीलका उम्मेदवारलाई साझाको समर्थन
विवेकशील नेपाली दलका तर्फबाट स्थानीय तहको दोस्रो चरणको निर्वाचनका उम्मेदवारहरुलाई साझा पार्टीले समर्थन गरेको छ ।
विवेकशील नेपाली दलबाट झापाको दमक नगरपालिकामा मेयरका उमेदवार, केराबारी गाउँपालिका–९ को वडाध्यक्ष लगायत विभिन्न स्थानीय तहका उम्मेदवारलाई साझा पार्टीको सहयोग र समर्थन रहने साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले बताएका छन् ।
“विवेकशील दलका उम्मेदवारहरुलाई मतदान गर्न सम्पूर्ण पार्टी सदस्य, सुभेच्छुक तथा सम्बन्धित क्षेत्रका मतदाताहरुमा साझा पार्टी हार्दिक अनुरोध गर्दछ,” आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी साझाका उमेदवारहरुलाई पनि विवेकशील नेपालीले समर्थन गरेको छ ।