गौरिका रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी
नेपाली पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिकमा सहभागी सबैभन्दा कान्छी खेलाडी भएकी छन् ।
१३ वर्षीया गौरिका आगामी आइतबार हुने १०० मिटर ब्याकस्ट्रोक प्रतिस्पर्धामा १३ वर्ष २५५ दिनकी हुनेछिन् । रियो ओलम्पिककी यि कान्छी खेलाडीका बारे विश्वभरका सञ्चारमाध्यमको ध्यान आफूतिर तानेकी छन् ।
बेलायतको स्कुलमा अध्ययनरत उनी विश्वभरका देशको सहभागिता हुने पौडी प्रतिस्पर्धामा नेपालबाट सहभागी हुन लागेकी हुन् ।
गौरिकाले नेपालको प्रतिनिधित्व गर्दै भारतमा आयोजित दक्षिण एशियाली खेलकुदमा रजत र कास्य पदक जितिसकेकी छन् । त्यसैगरी रुसमा आयोजित १०० मिटर ब्याकस्ट्रोक वल्र्ड च्यम्पियनसिपमा चारवटा पदक प्राप्त गरेकी छन् ।
१०० मि ब्याकस्ट्रोकमा गौरिकाको १ मिनेट ७.३१ सेकेन्डको किर्तिमान छ ।