मुलुकलाई विकासको मुल प्रवाहमा लैजान्छौं: ओली
एमाले अध्यक्ष केपी ओलीले आफनो पार्टीले नै मुलुकलाई विकासको मुल प्रवाहमा अगाडि बढाउन सक्ने बताएका छन् ।
आज पश्चिम झापाको दमकमा आयोजित एउटा चुनावी सभामा बोल्दै ओलीले स्थानीय विकासमा आफुले ध्यान दिएको बताए ।
दमकमा प्रस्तावित विश्वको अग्लो बुद्ध मुर्ति, हरियालीयुक्त औद्योगिक पार्क, भ्यू टावर लगायतका संरचना आफ्नो पहलमा हुन सकेको ओलीले बताए ।
दुई दिनदेखि गृहजिल्लामा रहेका ओलीले आज दमक नगर र छिमेकी कमल गााँउपालिकामा समेत गरी पाँचवटा चुनावी सभालाई सम्बोधन गरे ।
उनी अझै केही दिन झापामै रहने कार्यक्रम छ ।
गोपाल गडतौला, झापा