समाचारसोमवार, आषाढ ५, २०७४

मौद्रिक नीतिबारे राष्ट्र बैङ्क र निजी क्षेत्रको छलफल

हिमालखबर

नेपाल राष्ट्र बैंंकले मौद्रिक नीतिबारे निजी क्षेत्रसँग छलफल गरेको छ ।

आज राष्ट्र बैङ्कले मूल्य स्थिरता, उच्च आर्थिक वृद्धिदर, खुला बजारलगायतका विषयमा निजी क्षेत्रसँग छलफल गरेको हो ।

राष्ट्र बैङ्कले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, बिमा समिति, बैंकर्स एसोसिएसनलगायतका निजी क्षेत्रसँग छलफल गरी सुझाव सङ्कलन गरेको छ ।

राष्ट्र बैङ्कले जारी गर्ने मौद्रिक नीति समग्र मुलुकको आर्थिक नीतिको दस्ताबेज हो । सामान्यतया बजेट पेस भएको एक महिना भित्र राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दछ ।

छलफलमा निजी क्षेत्रले सरकारको ढुकुटीमा रहेको रकम परिचालन गर्नुपर्ने, विदेशी मुद्रा सटहीलाई सरल बनाउनुपर्ने, ब्याज दरमा कमी गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै सुन आयातको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने व्यवसायीहरुले माग गरेका छन् । खुकुलो कर्जा प्रवाह, घर र हायर पर्चेज कर्जामा लगानी वृद्धिलगायतका विषयलाई मौद्रिक नीतिमा समेट्नुपर्ने व्यवसायीको सुझाव थियो ।

 

प्रतिकृया दिनुहोस