केएल मोबाइल हब सञ्चालनमा
२३ भन्दा बढी कम्पनीका मोबाइलको कारोबार गर्ने केएल मोबाइल हब सञ्चालनमा आएको छ ।
मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलिटी सोलुसन (आइएमएस)का अध्यक्ष दीपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेशपायल राई, नायिका ओशिमा बानु र व्यवसायी निराजन सिंहले संयुक्त रूपमा गरेका हुन् ।
आजदेखि राजधानीको चाबहिलस्थित केएल टावरमा सञ्चालनमा आएको हबमा मोबाइल एक्स्पोसमेत सञ्चालन गरिएको छ । एक्स्पो २० असारसम्म चल्ने मोबाइल हबले जानकारी दिएको छ ।
एक्स्पोमा मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था समेत गरिएको छ । उपहारमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेसिया र सिंगापुर भ्रमणको प्याकेज साथै सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस–८ पाउने व्यवस्था गरेको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।