रुपन्देहीमा पनि राजपाबाट स्वतन्त्र उमेदवारी
१४ असारमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि रुपन्देहीमा उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता भईरहेको छ ।
रुपन्देहीका १६ वटै स्थानीय तहमा उमेदवारको मनोनयन दर्ता भईरहेको निर्वाचन आयोगले जनाएको छ ।
रुपन्देहीको समरीमाई गाउँ गाउँपालिकामा राजपाका अशोक शुक्लले अध्यक्षमा र समरुद्धिन शेखले उपाध्यक्ष पदमा उमेदवारी दर्ता गराएका छन् । यो राजपा नेता सर्वेन्द्रनाथ शुक्लको क्षेत्र हो । गाउँपालिकाको सबै वडाध्यक्ष र सदस्य पदमा पनि राजपाका कार्यकर्ताहरुले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा पनि राजपाका जिल्ला नेताहरुले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।