निर्वाचन विरोधी कार्यक्रम जारी राख्ने राजपाको निर्णय
राष्ट्रिय जनता पार्टी नेपालले सरकारले दुई नम्बर प्रदेशको निर्वाचन सार्न गरेको ‘एकतर्फी’ निर्णय आफूलाई अमान्य हुने जनाएको छ ।
राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।
उसले ३ असारमा मधेशका सबै जिल्लाका सदरमुकाममा लाठी जुलुश प्रदर्शन र ४ असारमा आमहडतालको समेत आह्वान गरेको छ ।
सरकारले राजपा नेताहरुसँगको छलफलपछि दुई नम्बर प्रदेशको निर्वाचन २ असोजमा गर्ने निर्णय गरेको थियो ।
दुई नम्बरप्रदेशको निर्वाचन सारिएपछि उसले आन्दोलन रोक्ने र एक, पाँच र सात नम्बर प्रदेशमा १४ असारमा हुने स्थानीय तहको निर्वाचनमा राजपा सहभागी हुने दाबी सत्तारुढ दलका नेताहरुले गरेका थिए ।