माग पूरा नभएसम्म निर्वाचनमा जाँदैनौः राजकिशोर यादव
राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकिशोर यादवले संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि नहुँदासम्म मधेशमा स्थानीय तहको निर्वाचन हुन नदिने बताएका छन् ।
जनकपुरमा २ असार विहान पत्रकार सम्मेलनको आयोजना गरी यादवले संविधान संशोधन बिना गरिने निर्वाचन दुई वर्षपछि भए पनि राजपा नेपाल सहभागि नहुने दाबी गरे ।
उनले संविधान संशोधन गरी राजपा नेपालको माग पूरा गरिए २ असोजसम्म कुर्न नपर्ने बताए ।
पार्टीलाई दिएको मतबाट श्रीमतीलाई सांसद बनाएकोबारे यादवलाई सोधिएको प्रश्नमा ‘विगतमा त्यस्ता कमजोरी भएको’ स्वीकारे ।
तराई मधेशमा दाइजो प्रथा, अशिक्षा, बोक्सी, छुवाछुत लगायतका मुद्दाहरु देखाएर राष्ट्रिय मीडियाले राजनीतिक मुद्दा र सम्झौताहरुलाई रणनीतिक रुपमा गौण बनाउँदै आएको उनको आरोप थियो ।
ईश्वरचन्द्र झा, जनकपुर