एसईई पूरक परीक्षा १९ साउनदेखि (तालिका सहित)
आज सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को पुरक परीक्षा १९ देखि २६ साउनसम्म सञ्चालन हुने भएको छ ।
एसईईको नतिजामा ‘सी’ र त्योभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थी पुरक परीक्षामा सामेल हुन पाउनेछन् ।
गत वर्षको व्यवस्थालाई परिवर्तन गरी दुई विषयसम्म परीक्षामा सहभागी नभएका परीक्षार्थीले पनि पुरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको परीक्षा नियन्त्रक अम्बीकाप्रसाद रेग्मीले जानकारी दिए ।
दुई विषयभन्दा बढीमा कम ग्रेड ल्याउने र दुईभन्दा धेरै विषयमा अनुपस्थित रहेका परीक्षार्थी आगामी वर्षको परीक्षामा आंशिक परीक्षार्थीका रुपमा परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।
गतवर्ष दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले मात्रै पुरक परीक्षा दिन पाएका थिए ।
तालिका
१९ साउनः अनिवार्य अङ्ग्रेजी
२० साउनः अनिवार्य नेपाली
२१ साउनः अनिवार्य गणित
२२ साउनः अनिवार्य विज्ञान
२३ साउनः अनिवार्य सामाजिक शिक्षा
२४ साउनः अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा
२५ साउनः ऐच्छिक प्रथमपत्रका सबै विषय
२६ साउनः ऐच्छिक द्वितीयपत्रका सबै विषय