एसईईको नतिजा सार्वजनिक
परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ ।
ग्रेडिङ प्राणालीमा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ३.६५ –४ ग्रेड पोइन्ट एभरेज (जिपिए) ल्याउने विद्यार्थीको संख्या ४ हजार २८४ रहेको छ ।
त्यस्तै ३.२५–३.६० ल्याउने ४२ हजार ४२७, २.८५– ३.०२ ल्याउने ५० हजार ६४६, २.४५–२.८० ल्याउने ६१ हजार ९५५, २.५–२.४० ल्याउने ९१ हजार ३१४, १.६५–२.०० ल्याउने १ लाख ८ हजार ४६४ जना विद्यार्थीले जिपिए ल्याएका छन् ।
त्यसैगरी ६४ हजार ५७७ विद्यार्थीले १.२५–१.६० ग्रेड प्राप्त गरेका छन् ।
परीक्षामा देशभरबाट नियमित र आंशिकतर्फ ४ लाख ६२ हजार १३६ परीक्षार्थी सहभागी भएका थिए ।