उम्मेदवारी मनोनयन दर्ता ४ असारमा
निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन ४ असारमा सारेको छ ।
आयोगले आज प्रदेश नं १, ५ र ७ मा उम्मेदवारी दर्ता ४ असारमा गर्ने निर्णय गरेको हो ।
आयोगको पूर्वनिर्धारित तालिकाअनुसार मनोनयन २ असारमा तोकिएको थियो ।
सरकारले आजै उम्मेदवार मनोनयनको समय हेरफेर गर्न आयोगलाई आग्रह गरेको थियो ।
प्रदेश नं १, ५ र ७ मा १४ असारमा दोस्रो चरणको निर्वाचन हुँदैछ ।