मनाङमा जिप दुर्घटना, दुईजनाको मृत्यु, १० घाइते
मनाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
माथिल्लो मनाङबाट सदरमुकाम चामेतर्फ जाँदै गरेको ग १ ज ६६०२ नंको जिप नेस्याङ गाउँपालिका–१ पिसाङ नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।
घाइते सबैलाई उपचारका निम्ति सदरमुकाम चामेस्थित जिल्ला अस्पतालमा ल्याइएको गुरुङले जानकारी दिए । घटनास्थल सदरमुकाम चामेबाट करिब १५ किमी उत्तरतर्फ पर्छ । रासस