सरकारको निर्णय मान्य छैनः राजेन्द्र महतो
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई नम्बर प्रदेशको मात्रै निर्वाचन सार्ने सरकारको निर्णय मधेशी जनतालाई विभाजित गर्ने षडयन्त्र भएको आरोप लगाएका छन् ।
आज सर्लाहीको बलरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता महतोले संविधान संशोधन लगायतका आफ्ना मागहरु पूरा नहुँदासम्म आन्दोलन नरोकिने बताए ।
राजपा र सरकारबीच निर्वाचनका विषयमा कुनै पनि सम्झौता नभएको भन्दै उनले दुई नम्बर प्रदेशबाहेकका प्रदेशमा पनि निर्वाचन हुन नसक्ने भन्दै सरकारले जबरजस्ती गरे मुलुक द्वन्द्वतर्फ अघि बढने चेतावनी दिए ।
उनले अन्य प्रदेशहरुमा हुने उमेदवारी दर्ता लगायत निर्वाचन कार्यक्रमको विरोध गरिने बताए ।
राजपाका अर्का नेता अनिल झाले नेपालको संविधान ‘मधेशमैत्री नहुँदासम्म’ स्थानीय तहको निर्वाचनमा आफूहरु सहभागी नहुने बताएका थिए ।