सुर्खेतका मालपोत अधिकृत अख्तियारको नियन्त्रणमा
सुर्खेत मालपोत कार्यालयका निमित्त प्रमुख गणेश प्रसाद आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेशप्रसाद आचार्यलाई सेवाग्राहीबाट रु. ३० हजार घुस लिंदै गर्दा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।
मालपोत कार्यालयका सूचना अधिकारीसमेत रहेका आचार्यले जग्गा रोक्का र पास गर्ने काम गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचना
पाएपछि छापा मार्दा रु ३० हजार नगदसहित पक्राउ गरेकोे अख्तियारको सुर्खेतस्थित कार्यालयका निमित्त प्रमुख जंगबहादुर डांगीले जानकारी दिए ।
आचार्यमाथि थप अनुसन्धान भइरहेको र थप प्रमाण संकलनको काम सम्पन्न भएपछि उनी विरुद्ध मुद्दा दायर गरिने डांगीले बताए ।
लक्ष्मी भण्डारी, सुर्खेत