पत्रकार रानालाई संरक्षण पुरस्कार
संरक्षण क्षेत्रमा पत्रकारितामार्फत योगदान पुर्याएवापत पत्रकार केशव रानालाई समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उपसमिति (सिबिएपियू) सञ्जाल बाँकेले पुरस्कृत गरेको छ ।
कोहलपुरमा १, असारमा आयोजित कार्यक्रममा पत्रकार रानालाई बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन र जेडएसएल नेपालका तराई कार्यक्रम व्यवस्थापक भगवानराज दहालले संयुक्त रुपमा रु ५ हजार र प्रमाणपत्र प्रदान गरे ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका कोषाध्यक्ष समेत रहेका पत्रकार रानाले हिमालखबरका लागि बाँकेबाट समाचार लेख्छन् ।