स्वतन्त्र महिलाको प्यानल चुनावी मैदानमा
१४ असारमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिकाका लागि स्वतन्त्र महिलाको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।
विभिन्न पार्टीमा उपेक्षामा परेका र टिकट नपाएका महिलाको सक्रियतामा स्वतन्त्र प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका हुन् ।
इनरुवामा स्वतन्त्रका तर्फबाट महिला प्रमुख र उपप्रमुखसहितको वडा तहसम्म उम्मेदवार उठ्ने भएका छन् ।
स्वतन्त्रका प्रमुख उम्मेदवार महेश्वरी न्यौपाने र उपप्रमुखको उम्मेदवार ज्योति सुब्बा तथा वडा नं १ का वडाध्यक्षका उम्मेदवारसहितका उम्मेदवारले चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रम शुरु गरेका छन् ।
इनरुवा नगरलाई वातावरणमैत्री बनाउने र सबैको पहुँचमा विकास पुर्याउनेलगायतका लक्ष्य राखेर महिलाको नेतृत्वको प्यानल भोट माग्न व्यस्त बनेका छन् । रासस