कक्षा ११ को परीक्षा आजदेखि शुरु
आजदेखि देशभर कक्षा ११ को परीक्षा शुरु भएको छ ।
परीक्षामा नियमिततर्फ ३ लाख ४८ हजार ६० र आंशिकतर्फ १ लाख ९९४ गरी कुल ४ लाख ४९ हजार ५४ जना विद्यार्थी सहभागी भएका छन् । जसमध्ये छात्राको सङ्ख्या २ लाख ३७ हजार १७२ र छात्रको सङ्ख्या २ लाख ११ हजार ८२२ रहेको छ ।
सबैभन्दा धेरै परीक्षार्थी काठमाडौँमा ६४ हजार ५६४ र सबैभन्दा कम मुस्ताङमा ९३ जना छन् । काठमाडौंमा १११ र मनाङ र मुस्ताङ्मा एक–एक परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा १० असारसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ ।