प्रमुख तीन दल र राजपाबीच सहमति हुन सकेन
प्रमुख तीन दल र राजपाबीच आज भएको बैठकमा पनि कुनै सहमति नभएपछि भोलि, १ असारमा बैठक पुनः बस्ने भएको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने माग पूरा नहुँदासम्म निर्वाचनमा नजाने अडान राखेकालो सहमति हुन नसकेको हो ।
एमाले संसदीय दलका नेता सुवास नेम्बाङले संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने कुरा अहिले पूरा नहुने भएकाले अन्य के के माग पूरा गर्नु पर्ने हो त्यो गरेर निर्वाचनमा जाऔं भन्दा राजपा नेताहरुले नमानेको जनकारी दिए ।
बैठकमा तीन प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले राजपाका नेताहरुलाई स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । तर राजपाले आफ्नो अडान नछोडेपछि भोलि विहान पुनः बस्ने गरी बैठक टुंगिएको हो ।
बैठकमा एमालेले कुनै पनि बहानामा निर्वाचन सार्न नहुने धारणा राखेको थियो ।