कपिलवस्तुको चन्द्रौटामा राजपा र स्थानीयबीच झडप
बन्दको आह्वान गरी पूर्वपश्चिम राजमार्गको यातायात ठप्प पारेका राजपाका कार्यकर्ता र सडक खुलाउन चाहने स्थानीयबीच कपिलवस्तुमा झडप भएको छ ।
कपिलवस्तुको चन्द्रौटामा यातायात रोकेर सडकमा प्रदर्शन गरिरहेका राजपाका कार्यकर्ता र उनीहरुको प्रतिकार गर्दै सडक खुलाउन उत्रेका स्थानीयहरुबीच झडप भएको हो ।
दुवैपक्षसँग भाला, लाठीजस्ता घरेलु हतियार छन् । अहिले सशस्त्र र नेपाल प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिए पनि यहाँको स्थिति तनावपूर्ण बनेको छ ।
दीपक ज्ञवाली, कपिलवस्तुबाट