रेलले किचेर तीन नेपालीको मृत्यु
भारतको जोगवनीमा रेलले किचेर तीन नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा सिग्याहीमडानका २६ वर्षीय विनोद यादव रहेको सीमा प्रहरी कार्यालय जोगवनीका प्रहरी नायब निरीक्षक फिरोज चौधरीले जानकारी दिए ।
चौधरीकाअनुसार उनीहरूलाई ३० जेठ राति रेलको लिक पार गर्न खोज्दा तीव्रगतिमा आएको रेलले किचेको थियो । मारिनेहरुको शव परिवारलाई बुझाइएको छ । रासस