अप्रिलिआ को शोरुम विर्तामोडमा
रेसिङ्ग बाइक अप्रिलिआ को शोरुम झापाको विर्तामोडमा १५ भदौमा उद्घाटन गरिएको छ । नेपालको लागि आधिकारिक बिक्रेता जे एण्ड जे इन्टरनेशनल अन्तर्गत विर्तामोडमा शोरुम खुलेको हो ।
अप्रिलिआका एसटीएक्स रोड र इटीएक्स इन्ड्युरो मोड चल्तीमा छन् । १५० सीसी क्षमताको एसटीएक्स रोड बाइक कालोपत्रे सडकमा र इटीएक्स इन्ड्युरो जस्तोसुकै अप्ठ्यारोमा पनि सजिलै कुदाउन सकिने जनाएको छ । फाइनान्स तथा एक्सचेन्जको समेत सुविधा उपलब्ध गराइएको छ भने सबै पार्टस्पुर्जा बिक्री कक्षहरुमा पाइने छन् । उपत्यकाको कालीमाटी तथा उपत्यका बाहिर इटहरीमा समेत बिक्री कक्ष खोल्न लागिएको जनाएको छ ।