बाँके निकुञ्जमा बढ्दैछन् पाटेबाघ
बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्यामा वृद्धि भएको छ ।
सन् २०१३ मा बाघको संख्या ३ वटामात्र रहेकोमा हाल बढेर ११ पुगेको छ । गणनाका क्रममा सन् २०१४ मा ४ र २०१५ मा ६ वटा बाघ पाइएका थिए ।
१३ वटा बाघ गणना गरिए पनि २ वटा बाघ भने बर्दिया निकुञ्जबाट आउजाउ गर्ने बाँके निकुञ्जको भनाई छ ।
आहारा प्रजातिको संख्या बढ्दै गएको र बाघका लागि चाहिने वातावरणमा सुधार भएकाले पाटेबाघको संख्या बढ्दै गएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापनले बताए ।
उनका अनुसार पाटेबाघ लगायत अन्य आहाराप्रजातीका वन्यजन्तुका लागि पानीको समस्या कम गर्न विभिन्न ठाउँमा पानी पोखरीहरु निर्माण गरिएको छ ।
२०६७ सालमा स्थापना भएको निकुञ्ज ५५० वर्गकिलोमिटरमा फैलिएको छ ।
केशव राना,बाँके