नबिल बैङ्क र फिनलिट नेपालले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने
नबिल बैङ्क र फिनलिट नेपाल प्रालिले लमजुङको बेशिसहरमा आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि सम्झौता गरेका छन् ।
कार्यक्रमका लागि नबिल बैङ्कका नायब महाप्रबन्धक रमेश प्रसाद लोहनी र फिनलिट नेपाल प्रालिका सञ्चालक प्रकाश सम्झौतामा हस्ताक्षर गरेका हुन ।
सम्झौताअनुसार नबिल बैङ्कले फिनलिट नेपालसँग सहकार्य गरी बेशिसहरका दश स्कुलहरुबाट आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नेछ । कार्यक्रममार्फत कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । विद्यार्थीहरूलाई नगद व्यवस्थापन, बचत तथा खर्च, आर्थिक योजना र लगानी सम्बन्धी जानकारी गराइनेछ ।