मेगा बैङ्कद्वारा नबिल इन्भेष्टमेण्टलाई हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त
मेगा बैङ्क नेपाल लिमिटेडले नविल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
मेगा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
मेगा बैङ्कले वार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैङ्कले छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले करिब ३ करोड कित्ता शेयर शेयरधनीलाई निष्कासन गर्न लागेको छ ।
हकप्रद शेयर निष्कासन गरेपछि मेगा बैङ्कको चुक्तापुँजी साढे ७ अर्ब बढी पुग्नेछ । यसै गरी, आगामी आर्थिक वर्षको मुनाफापछि चुक्ता पुँजी ८ अर्ब पुग्ने बैङ्कले जनाएको छ ।