वृज सिमेन्टमा मोटरसाइकल
वृज सिमेन्ट कम्पनीले निकालेको ‘अरुको सय चोटि, वृज सुपर प्रिमियम (ओ.पी.सी) सिमेन्टको एकैचोटि’ भन्ने ग्राहक योजनाका विजेतालाई मोटरसाइकल प्रदान गरिएको छ ।
नवलपरासीका दिनेश चापागाईले होण्डा साइन मोटरसाइकल, धापाखेलका रामबहादुर थापा मगरले सामसुङ्ग एलईडी टीभी, सांग्लाका मनोज दंगालले डिस होम जितेका छन् । कम्पनीका प्रबन्ध निर्देशक गौरव अग्रवालले मोटरसाइकल विजेता दिनेशलाई पुरस्कार हस्तान्तरण गरेका छन् । यस योजनामा अझै होण्डा साइन मोटरसाइकल, सामसुङ्ग एलईडी टीभी, सामसुङ्ग फ्रिज, सामसुङ्ग मोबाइल, सामसुङ्ग भ्याकुम क्लिनर, डिस होम, फ्यान, आइरन तथा नगद पुरस्कारहरु बाँकी नै रहेको जनाएको छ ।