भरतपुर मुद्दाको सुनुवाई फेरी सर्यो
चितवनको भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने निर्णय विरुद्ध परेको रेटमाथिको सुनुवाई आज पनि हुन सकेन ।
उक्त मुद्दामा आजको लागि पेशी तोकिएको भएपनि पालो नआएको भन्दै ६ असारका लागि अर्को पेशी तोकिएको हो ।
भरतपुर महानगरपालिका वडा नं १९ को मतगणनाका क्रममा केही मतपत्र च्यातिएपछि निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गराउने निर्णय गरेको थियो।
उक्त निर्णय विरुद्ध दायर गरिएको रिटमा सम्बद्ध पक्षलाई जवाफ दिन आउन यसअघि नै सर्वोच्चले आदेश दिइसेकेको छ।