राजपालाई आन्दोलनका कार्यक्रम फिर्ता लिन एमालेको आग्रह
नेकपा एमालेले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन राष्ट्रिय जनता पार्टी (राजपा) लाई आग्रह गरेको छ ।
एमाले पार्टी कार्यालयमा आज बसेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले आन्दोलनका कार्यक्रम फिर्ता लिएर निर्वाचनमा भाग लिन राजपालाई आग्रह गरेको हो ।
बैठकले राजपाले गरेको अराजनीतिक गतिविधि तत्काल रोक्न आग्रहसमेत गरेको छ ।
महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले दोस्रो चरणको निर्वाचनको प्रचार–प्रसारका लागि केन्द्रीय नेतादेखि पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिहरुलाईसमेत खटाउने निर्णय गरेको छ ।