विश्वकर्मा सिमेन्टको डिलर मिट
विश्वकर्मा सिमेन्टले पोखराको फूलबारी रिसोर्टमा १३ र १४ भदौमा डिलर मिट सम्पन्न गरेको छ ।
विश्वकर्मा सिमेन्टलाई २० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको डिलर मिटमा देशभरिका वितरक, बिक्रेता र व्यापारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बिक्रेताहरुलाई कदर पत्र हस्तान्तरण गरिएको थियो ।
विश्वकर्मा सिमेन्टले आधुनिक टेक्नोलोजीको माध्यमबाट अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको र भविष्यमा उच्च गुणस्तरको क्लिंकर पनि विदेशमा बिक्री गर्ने उद्देश्य रहेको कम्पनीका मार्केटिङ्ग प्रमुख नन्दकिशोर शर्माले बताए ।