यामाहा भोटिङ कन्टेस्टका विजेता घोषित
एमएडब्लु इन्टरप्राइजेजले यामाहा फेस अफ फेसिनो भोटिङ कन्टेस्टका विजेताको नाम घोषणा गरेको छ ।
पोखराकी अलिना लामिछाने गुरुङ कन्टेस्टकी विजेता भएकी छन् । उनले यामाहाको तर्फबाट सामसुङ ग्यालेक्सी एस–८ प्राप्त गरेकी छन् ।
मिस नेपाल–२०१७ मा यामाहा फेसिनोले टु ह्विलर पार्टनरको भूमिका निर्वाह गरेको थियो । यो ब्युटी पेजेन्टका अन्तिम १९ प्रतियोगीमध्ये नीति शाहले यामाहा फेस अफ फेसिनो टाइटल जितेकी थिइन् ।
मिस नेपाल इन्टरनेशलन २०१७ समेत जितेकी यामाहा फेस अफ फेसिनो नीति शाहले लक्की ड्रमार्फत भोटिङ कन्टेस्टको विजेताको नाम निकालेकी हुन् । भोटिङ कन्टेस्ट १९ मेबाट २ जुनसम्म सञ्चालन भएको थियो ।