एनबी इन्सुरेन्सकाे १९औं शाखा जावलाखेलमा
एनबी इन्सुरेन्स कम्पनी लिमिटेडले १९औं शाखा ललितपुरकोे जावलाखेलमा संचालनमा ल्याएको छ ।
शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले गरेका हुन् ।
शाखाको उद्घाटन गर्दै चापागाईज्यूले सबै नागरिकलाई आफ्नो चल, अचल सम्पत्तिको बीमा गर्न आग्रह गरे ।
एनबी इन्सुरेन्सले ग्राहकलाई १९ वटा शाखा, ४ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुमार्फत सेवा दिइरहेको छ ।