हुन्डाई दशैं–तिहार योजना
नेपालस्थित हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहार योजना अन्तर्गत ‘हुन्डाई फेस्टिभ डिलाइट’ योजना घोषणा गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरीदमा उपहार र नगद छूट पाउनेछन् ।
हुन्डाई गाडीको खरीदमा हरेक ग्राहकले रु.६ लाखसम्मको छूट र एक वर्षको लागि बीमा प्राप्त गर्ने जनाएको छ । त्यसैगरी लक्ष्मी हुन्डाईले आफ्ना ग्राहकहरुका लागि सय तोला सुनको उपहारको घोषणा गरेका छन् । १०० जना भाग्यमानी विजेताहरुले एक–एक तोला सुन प्राप्त गर्नेछन् । भाग्यशाली विजेताको घोषणा योजनाको अन्त्यमा लक्की ड्रमार्फत गरिनेछ ।
हुन्डाई नेपालका देशभरि १६ वटा शोरुम रहेका छन् जसमध्ये १३ वटा काठमाडौं उपत्यका बाहिर छन् भने तीन वटा उपत्यका भित्र ।