‘यमन विरुद्ध उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छु’
मुख्य प्रशिक्षक ग्योतुकु कोजीले टीम नेपालले यमनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । २९ जेठमा राजधानीमा आयोजित 'प्रि–म्याच कन्फ्रेरेन्स'मा बोल्दै उनले यमन बलियो प्रतिद्वन्द्वी भए पनि नेपालले राम्रो प्रदर्शनमा कुनै कसर बाँकी नराख्ने बताए ।
सन् २०१९ मा हुने एएफसी एसियन कप प्रतियोगताको छनोट अन्तर्गत नेपाल र यमनबीच ३० जेठ मध्यान्ह ३ बजे हलचोकमा खेल हुँदैछ ।
यमनका प्रशिक्षक इब्राहिमले आफूहरु पनि टीम नेपालसँग खेल्न शारीरिक तथा मानसिक रुपमा तयार रहेको बताएका छन् ।
२३ सदस्यीय नेपाली टोली
गोलकिपर
किरणकुमार लिम्बू
विकेश कुथु
एलन न्यौपाने
डिफेन्डर
विराज महर्जन
अनन्त तामाङ
आदित्य चौधरी
कमल श्रेष्ठ
देवेन्द्र तामाङ
जितेन्द्र कार्की
दिनेश राजवंशी
मानबहादुर तामाङ
मिडफिल्ड
सुजल श्रेष्ठ
विशाल राई
रोहित चन्द
अञ्जन विष्ट
हेमन्त थापा मगर
राजेन्द्र रावल
हेमन गुरुङ
सुनिल बल
फरवार्ड
नवयुग श्रेष्ठ
भरत खवास
अनिल गुरुङ
विमल घर्ती मगर
२३ जेठमा भएको मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएको थियो । छनोट चरणअन्तर्गतको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो ।