‘विकिनी किलर’ चार्ल्स शोभराजको मुटुको भल्भ फेरियो
‘विकिनी किलर’ का नामले चिनिने कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुटुको भल्भ फेरिएको छ ।
चार्ल्स शोभराजको आज गंगालाल हृदयरोग केन्द्रमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाको टिमले सफल उपचार गरेको हो ।
अस्पतालका अनुसार चार्ल्सको शल्यक्रियापछि अहिले आईसियुमा सारिएको छ ।
१४ वर्ष अघि काठमाडौंबाट गिरफ्तारीमा परेका शोभराज सुन्धारास्थित केन्द्रीय कारागारमा रहँदै आएका छन् ।
रामु सापकोटा