ईटहरीमा साझा पार्टीका उम्मेदवार तय
साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि ईटहरी उपमहानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारी तय गरेको छ।
साझा पार्टीले ईटहरीको मेयरमा डा. तारा काफ्ले र उपमेयरमा प्रकाशचन्द्र परियारलाई उठाउने निर्णय गरेको हो ।
डा. तारा काफ्लेले जनसङ्ख्या तथा जनस्वास्थ्यमा स्नातकोत्तर र सामुदायिक चिकित्सामा विद्यावारिधि गरेकी छिन्। ईटहरी उपमहानगरपालिका वडा नं ५ निवासी ३८ वर्षिया काफ्ले जनसङ्ख्या, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अध्यापन, अनुसन्धान तथा समाजसेवामा सक्रिय छिन्।
त्यसै गरी प्रकाशचन्द्र परियार साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य हुन् । परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा कार्यरत छन् । एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका ईटहरी निवासी परियारले आमसंचारमा स्नातकोत्तर गरेका छन् ।