राजनीतिक दलसम्बन्धी पहिलो संशोधन विधेयक पारित
आजको व्यवस्थापिका संसदको बैठकले राजनीतिक दलसम्बन्धी पहिलो संशोधन विधेयक बहुमतले पारित गरेको छ ।
आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन सरकारले नियम निलम्बन गरेर पेश गरेको विधेयक आजै पारित भएको हो ।
नियमित प्रक्रियाबाट विधेयक ल्याउन समय लाग्ने भएकाले नियम निलम्बन गरेर विधेयक पास गरिएको हो ।
यसैगरी स्थानीय तहको संख्या नबढाउन सर्वोच्च अदालतले गरेको आदेश खारेजीको माग गर्दै राजपाकै अनुरोध अनुसार सरकारले निवेदन दर्ता गराएको छ ।
सरकारले पेश गरेको निवेदन अनुसार उक्त अन्तरिम आदेश खारेज भएमा स्थानीय तहको संख्या बढाउन बाटो खुल्ने छ ।
सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने सम्बन्धमा परेको रिटमाथि ४ असारमा सुनुवाइ गर्ने तिथि तोकेको छ ।