ओप्पाको एफथ्री ब्ल्याक भर्जन सार्वजनिक
ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ ।
डुअल सेल्फी क्यामेराका साथै ओप्पो एफथ्रीमा १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा रहेको छ । यसमा पीडीएएफ प्रविधिका साथै १/३ ईञ्च सेन्सरपनि जडान गरिएको छ । एफथ्रीमा ४ जीबी र्याम र ६४ जीबी रोम सहितको कलर ओएस ३.० र ओक्टा–कोर प्रोशेसर छ । एफथ्रीमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको कम्पनीले जनाएको छ ।
एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र ग्रुप सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको क्यामेरा जडान गरिएको छ ।
डुअल फ्रण्ट क्यामेरा जडान गरिएको एफथ्री ब्ल्याक भर्जनको मूल्य रु. ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ ।