सर्वोत्तमको 'सर्वोत्तम सिमेन्ट नै किन ' अभियान शुरु
सर्वोत्तम सिमेन्ट प्रालिले सर्वोत्तम सिमेन्ट नै किन अभियान शुरु गरेको छ ।
मजबुत भवन तथा संरचनाको निर्माणका लागि गुणस्तर र शक्तिशाली सिमेन्ट आवश्यक पर्ने कुराको जानकारी गराउनका लागि यो अभियानको शुरुअात गरिएको हो ।
सर्वोत्तम सिमेन्ट प्रालिले सर्वाेत्तम ओपिसी र श्री ग्रिन सर्वोत्तम पिएससी ब्राण्डका सिमेन्ट बिक्रीवितरण गर्दै आइरहेको छ ।
वाटरप्रुफ लेमिनेटेड बोरामा प्याकिङ्ग गरिएको हुनाले सर्वोत्तम सिमेन्ट भण्डारण अवधिभर गुणस्तर कायम रहने कम्पनीले दाबी गरेको छ ।
कम्पनीले दैनिक उत्पादन क्षमता ४० हजार बोरा रहेको जनाएको छ । सर्वोत्तम सिमेन्ट आईएसओ ९००१ गुणस्तर र १४००१ वातावरण मैत्री प्रमाणित कम्पनी हो ।