मनाङ एयरको हेलिकप्टर दुर्घटनाबाट जोगियो
गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर अवतरणको क्रममा क्षति भएको छ ।
६ जना यात्रु बोकेको हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ ।
हेलिकप्टरमा सवार यात्रु र चालक सबै सकुशल रहेका छन् ।
हेलिकप्टर मर्मत गरी काठमाडौं ल्याउन र यात्रु फिर्ता ल्याउन प्राविधिक टोलीसहित दुईवटा हेलिकप्टर गोसाइँकुण्ड पठाइएको छ । रासस