एभरेष्ट बैङ्क र बेस्ट रेमिटबीच सम्झौता
एभरेष्ट बैङ्क लिमिटेड र बेस्ट रेमिटबीच रेमिट्यान्स भुक्तानीको सम्झौता भएको छ ।
हाल बैङ्कले आफ्नै अनलाइन रेमिट्यान्स सेवा एभरेष्ट रेमिटमार्फत सेवा प्रदान गरिरहेको छ ।
यसअघि नै बैङ्कले इजी रेमिट, एक्सप्रेस मनि ट्रान्सफर, मनिग्राम, वेस्टर्न युनियन मनि ट्रान्सफर, तथा क्यास एक्सप्रेसमार्फत रेमिट्यान्स आदानप्रदानको काम गर्दै आइरहेको छ ।
बैङ्कले ६० शाखा, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व सङ्कलन काउन्टर र ८८ एटिएममार्फत देशभर बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।