राप्रपा नेपालले दाहालको विपक्षमा मतदान गर्ने
राप्रपा नेपालले आज हुने प्रधानमन्त्रीको निर्वाचनमा एकमात्र उम्मेदवार पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आज, १९ भदौमा बसेको राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीको निर्वाचनमा दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आदर्श र नैतिकताको पक्षमा उभिंदै विपक्षमा मतदान गर्ने निर्णय गरेको जनाएका छन् ।
प्रधानमन्त्री पदका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्रै उम्मेदवारी परेको छ । यद्यपी उनले व्यवस्थापिका संसदमा आफ्नो पक्षमा बहुमत सिद्ध गर्नुपर्ने छ ।
संसदको कुल ५९५ सदस्य संख्यामध्ये दाहालले कम्तिमा २८८ मत प्राप्त गर्नुपर्ने छ । दाहाललाई ३६० भन्दा बढीले मत दिने माओवादी केन्द्रको दाबी छ ।