मालपोतका दुई कर्मचारी पाँच लाख घुस सहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतले मालपोत कार्यालय बाँकेका दुई कर्मचारीलाई पाँच लाख घुस सहित पक्राउ गरेको छ ।
अख्तियारले २२ जेठ राती ९ बजे मालपोत कार्यालयका खरिदार नरबहादुर सारुमगर र लेखनदास सर्जु थापालाई ४ लाख ९८ हजार घुस रकम सहित नेपालगञ्जको एक रेष्टुरेन्टबाट पक्राउ गरेको हो ।
अख्तियार सम्पर्क कार्यालय कोहलपुरले विज्ञप्ति जारी गर्दै उनीहरूलाई घुस लिँदालिदै पक्राउ गरिएको पुष्टि गरेको हो ।
सूचना र उजुरीको आधारमा खटिएको टोलीले घुस रकम सहित पक्राउ गरेको अख्तियारले जनाएको छ । अख्तियारले दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेकोे छ ।
केशव राना