रियल स्कुल अफ नेपालको क्षेत्रीय फाइनल सम्पन्न
रियल स्कुल अफ नेपाल २०१७ अन्तर्गत पहिलो क्षेत्रीय फाइनल सम्पन्न भएको छ ।
बुटवलमा आयोजित समारोहमा पारामाउण्ट उच्च माध्यमिक इङ्गलिस बोर्डिङ्ग स्कुल विजेता भएको छ ।
पारामाउण्टका तर्फबाट अर्चना अर्याल, प्रस्तिक थापा, प्रविन खरेल, बिसु गुरुङ्ग, प्रजुना अधिकारी र अंकित राजकोटी विजेता बनेका हुन् ।
विजयी विद्यार्थीहरूले काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै दुई वर्षदेखि शुरुआत गरिएको २५ हजार राशिको छात्रवृत्ति यो वर्ष प्रीति बस्नेत र प्रवेश बस्नेतलाई प्रदान गरिएको छ ।