राप्रपा पनि देउवाको समर्थनमा
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्दै मतदान गर्ने निर्णय गरेको छ ।
आज बसेको राप्रपा संसदीय दलको बैठकले शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै राप्रपाले सरकारमा सहभागिताका लागि वार्ता गर्न महामन्त्री जयन्त चन्दको संयोजकत्वमा पूर्वमन्त्री दिलनाथ गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही सदस्य रहेको समिति गठन गरेको छ ।