संसद बैठक सर्यो, प्रधानमन्त्री चयनको प्रक्रिया पनि लम्बियो
व्यवस्थापिका संसदको बैठक मंगलबार , २३ जेठसम्मका लागि स्थगित भएको छ ।
एमालेले अवरुद्ध गर्दै आएको संसद खुलाउनेबारे दलहरुबीच सहमति नहुँदा संसद बैठक स्थगित भएको हो । योसँगै व्यवस्थापिका संसदमा हुने प्रधानमन्त्री चयनको प्रक्रिया पनि लम्बिएको छ ।
आज विहान ११ बजे बोलाइएको बैठक दलहरुबीच सहमति जुटाउन भन्दै दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
तर, त्यसपछि पनि दलहरुबीच सहमति नभएपछि सूचना टाँसेर संसद बैठक २३ जेठ १ बजेका लागि स्थगित गरिएको हो ।