संसद् बैठक अपराह्न ३ बजे
व्यवस्थापिका –संसद्को आज बिहान ११ बजेका लागि निर्धारण भएको बैठक अपराह्न ३ बजेका लागि सारिएको छ ।
प्रमुख राजनीतिक दलले सहमतिका निम्ति केही समय माग गरेकाले बैठकको समय पर सारिएको सभामुखका प्रेस संयोजक बबिन शर्माले जानकारी दिए ।
प्रमुख विपक्षी दल नेकपा एमालेले केही दिनअघिदेखि जारी राखेको संसद् अवरोध खुलाउने प्रयासस्वरुप बैठक सारिएको हो । तीन बजेको बैठकअघि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।
आजको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले नेपालको प्रधानमन्त्री पदमा उम्मेदवारीको सूचना प्रस्तुत गर्ने कार्यसूची थियो । बैठक सुचारु भएमा आजै प्रधानमन्त्री पदको निर्वाचन समेत हुनेछ ।